कजाकिस्तानमा दुर्लभ मानिने पाँच सयभन्दा धेरै सामुन्द्रिक सिल मृत भेटिए
कजाकिस्तानमा दुर्लभ मानिने पाँच सय भन्दा धेरै सामुन्द्रिक सिल मृत भेटिएका छन् । अक्टोबर २४ देखि नोभेम्बर ७ तारिखसम्म पाँच सय ३४ वटा मृत सिललाई तटमा ल्याइएको कजाकिस्तानको मत्स्य पालन समितिले जनाएको छ । क्यास्पियन सागर पाँच देश अजरबैजान, इरान, कजाकिस्तान, रुस र तुर्कमेनिस्तानको सिमानामा रहेको एउटा बन्द समुद्र हो । क्यास्पियन सागरमा रहेका सामुन्द्रिक सिल सागरको किनारमा आएको प्रदूषण वा रोगका कारण खतरामा परेका कजाकिस्तानका अधिकारीहरूले बताएका छन् । सडेको अवस्थामा फेला पारेर ती सिललाई नमूना परीक्षणका लागि प्रयोगशाला...
Source : https://ujyaaloonline.com/story/108606/2024/11/8/more-than-500-rare-fur-seals-found-dead-in-kazakhs