कर्णालीलाई हराउँदै लुम्बिनीले जित्यो राष्ट्रिय टी–२० क्रिकेटको उपाधि

काठमाण्डाै – वीर गणेशमान सिंह राष्ट्रिय टी–२० क्रिकेटको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । आज भएको फाइनल खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३१ रनले हरायो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको कर्णाली १५ ओभर ३ बलमा ८५ रनमा अल आउट भयो । कर्णालीका विपिन शाहीले सबैभन्दा धेरै २८ रन बनाए । यस्तै विपिन रावलले २३, दीपेन्द्र रावतले नट आउट १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कर्णालीका ४ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् । लुम्बिनीका अभिषेक गौतमले ५, नर सार्कीले २ तथा कप्तान देव खन...

Source : https://ujyaaloonline.com/story/101230/2024/4/29/lumbini-wins-ganeshman-national-t20-cricket-cup