काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा हुस्सु
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा बिहानैदेखि लागेको हुस्सु हट्न थालेको छ । हुस्सु लागेका केही ठाउँमा भिजिविलिटी पनि कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विराटनगर, भैरहवा, पोखरालगायतका क्षेत्रमा मसिनो कणसहितको हुस्सु लागेर भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा अहिले विस्तारै भिजिविलिटी बढ्दै गएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । दिउँसोसम्म सबैतिरको हुस्सु हट्ने उहाँको भनाइ छ । यसैबीच अहिले देशभर पश्चिमी तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ । म...
Source : https://ujyaaloonline.com/story/108861/2024/11/15/fog-in-some-parts-of-the-tarai-including-kathmandu