काठमाण्डौको असनमा खड्गजात्रा गरी दशैँ मनाइयो
काठमाण्डौ – हरेक वर्ष असोज शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा हिजो काठमाण्डौको असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दशैँ मनाएका हुन् । काठमाण्डौ महानगरपालिका–२७ असनमा तुलाधर समुदायले आफ्नो कुल देवताको घरमा भेला भएर एकापसमा दशैँ मनाउने गर्छन् । कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रूपमा त्यसलाई काटेर आसुरी शक्तिको नास गरेर दशैँको टीका लगाउने परम्परा रहेको स्थानीय उद्यमी ज्ञानेन्द्ररत्न तुलाधरले बताउनुभयो । सधैंजसो व्यापारिक कार्यमा व्यस्त रहने असन क्षे...
Source : https://ujyaaloonline.com/story/107760/2024/10/14/dashain-celebrated-khadgajatra-asan-ktm