कैलालीको घोडाघोडी तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दशैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताउनुभयो । घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दशैँको दिन हम्मेहम्मे परेको भन्दै उहाँले पछिल्लो समय आन्तरिक पर्यटक सङ्ख्या दैनिक वृद्धि भइरहेको बताउनुभयो । आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटेल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाज...
Source : https://ujyaaloonline.com/story/107791/2024/10/15/domestic-tourist-activity-increased-at-ghodaghodi-