क्याबिन क्रुको हड्तालले नेपाल वायुसेवा निगमको दुबई उडान रद्द, ३२८ यात्रु अलपत्र

काठमाडौं – नेपाल वायुसेवा निगमको काठमाडौं-दुबई उडान शुक्रबार राति क्याबिन क्रुहरूको हड्तालका कारण रद्द भएको छ, जसले गर्दा ३२८ यात्रु अलपत्र परेका छन् । निगमका अनुसार उडानका लागि सबै तयारी भइसकेको भए पनि क्याबिन क्रु नआइपुगेपछि विमान उड्न नसकेको हो ।

उडानमा ५ बालबालिका र १६१ यात्रु रहेका थिए । जहाज साढे ११ बजे उड्नुपर्ने भए पनि क्याबिन क्रुले ड्युटीमा उपस्थित नहुँदा उडान साढे तीन बजेसम्म प्रतिक्षामा रह्यो । अन्ततः वैकल्पिक क्याबिन क्रुलाई पनि सम्पर्क गर्न नसकेपछि उडान रद्द भएको घोषणा गरिएको हो । यात्रुलाई गौशाला र ज्ञानेश्वरका होटलमा निगमकै खर्चमा राखिएको छ ।

उडान रद्द हुनुको कारण ४५ वर्ष उमेरपछि अनिवार्य अवकास दिने नियम हटाउन माग गर्दै क्याबिन क्रुहरूको आन्दोलन हो । नेपाल वायुसेवा क्याबिन क्रु संघले उमेर हद र सेवा सुविधामा विभेदको विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएको भए पनि मुद्दाको टुंगो नलागेपछि उनीहरू असोज १६ यता पुनः आन्दोलनमा छन् । नारिता उडान पनि आन्दोलनका कारण दुई घन्टा ढिलो भएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post क्याबिन क्रुको हड्तालले नेपाल वायुसेवा निगमको दुबई उडान रद्द, ३२८ यात्रु अलपत्र appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/492118/