गुल्मीको धुर्काेटमा एउटै परिवारले चार सय मुरी धान फलायो
गुल्मी – गुल्मीको धुर्काेट गाउँपालिका–६ रजस्थलका मेघनाथ अर्यालको परिवारले चार सय मुरी धान फलाएको छ । एउटै परिवारले यति धेरै धान फलाउने अर्याल परिवार जिल्लामै एक्लो हो । अहिलेसम्म तीन सय मुरी धान खेतबाट उठाइसकेको र अझै सय मुरी उठाउन बाँकी रहेको अर्यालले बताउनुभयो । उहाँले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी भाडामा लिएर धानखेती गर्नुभएको हो । भाडामा लिएको जग्गाको वार्षिक प्रतिरोपनी तीन हजार रुपैयाँका दरले बुझाउँदै आएको अर्यालले बताउनुभयो । यसरी उत्पादन गरिएको धानबाट चामल बनाउने र प्याकेजिङ ग...
Source : https://ujyaaloonline.com/story/109046/2024/11/20/one-family-grew-400-muri-of-paddy-in-dhurkot