अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताउँदै ठग्ने डाक्टर पक्राउ
काठमाडौं– आफूलाई अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर रकम असुली गरेको आरोपमा एक जना पक्राउ गरेका छन् । भोजपुरको भोजपुर नगरपालिका–११ का ३२ वर्षीय डा. आशिष दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
ललितपुरको ग्वार्कोमा बस्दै आएका उनलाई प्रहरीले काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो । उनी एमबीबीएस डाक्टरसमेत रहेको प्रहरीले जनाएको छ ।
दाहालले अन्डरवर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट बताएर ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई मेसेज गर्थे । मेसेजमा उनले भारतको बिहारसहित अन्य ठाँउबाट ‘कन्ट्रयाक्ट किल्लर’ भाडामा लगाएर ज्यान मार्ने बताउँथे । उनले पीडितहरूसँग ५० हजारदेखि दुई लाख रुपैयाँसम्म रकम माग्ने गरेको प्रहरीको दाबी छ ।
थप कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।