गोविन्दाको खुट्टाबाट निकालियो गोली, प्रहरीद्वारा सोधपुछ सुरु
मुम्बई । मंगलबार आफ्नै रिभल्भरबाट गोली लागेर घाईते भएका बलिउड अभिनेता गोविन्दाको खट्टाबाट चिकित्सकहरुले गोली निकालेका छन् । एक घन्टाको सल्यक्रियापछि गोली निकालेको जुहुको कृति केयर अस्पतालका चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा सुधार भईरहेको र हाल उनी आईसियुमै उपचाररत रहेको पनि चिकित्सकले बताएका छन् । चिकित्सकका अनुसार गोविन्दा केही दिन अझै अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।
अस्पतालमै उपचारमा रहेका गोविन्दासँग सो घटनाको विषयमा मुम्बई प्रहरीले बयान लिएको छ । चिकित्सकसँग अनुमति लिएर प्रहरीले सो घटना’bout बुधबार बिहान गोविन्दा, उनकी श्रीमती सुनिता आहुजा र गाविन्दाका म्यानेजर शशि सिन्हासँग पनि सोधपुछ गरेको छ ।
सोधपुछको क्रममा अभिनेता गोविन्दाले यो संयोगवश घटना भएको बयान आफुहरुलाई दिएको मुम्बई प्रहरीका डिसीपी दीक्षित गेडामले बताएका छन्,‘अभिनेता गोविन्दा र उहाँको परिवारले कुनै उजुरी दर्ता नगरे पनि जुहु प्रहरीले एडीआर दर्ता गरेको छ । हामीले उहाँको रिभल्भर पनि कब्जामा लिएका छौं ।’ गोविन्दा मुम्बईबाट कोलकातामा एक कार्यक्रममा सहभागी हुन जाँनैलग्दा यो घटना भएको बयान उनको परिवारले दिएको पनि डिसिपी गेडामले बताएका छन् ।
प्रहरीसँगको गोविन्दाको बयान अनुसार गोली लागेपछि आफ्ना म्यानेजर शशि सिन्हा र श्रीमती सुनिता आहुजालाई फोन गरेर घटना’bout उनले जानकारी दिएका थिए । घटनाको समयमा गोविन्दाकी श्रीमती कोलकातामा थिइन् । गार्ड र घरको कामदार भएर गोविन्दालाई अस्पतालमा पु¥याई भर्ना गरेका थिए ।
गोविन्दाको भवनको गार्डले प्रहरीलाई घटना’bout जानकारी दिएका थिए । लगत्तै घटनास्थल पुगेर त्यहाँबाट नमुना संकलन गरी परीक्षणका लागि फरेन्सिक प्रयोगशालामा पठाइएको डिसिपीले बताएका छन् । उनका अनुसार अहिले यसको ब्यालेस्टिक रिपोर्ट आउन बाँकी छ । सल्यक्रियापछि गोविन्दाको खुट्टाबाट निकालिएको गोली पनि अनुसन्धानकोलागि प्रहरीले लिएको छ ।
सो घटनाको विषयमा प्रहरीलाई गोविन्दाले ¥याकबाट झिक्दै गरेको रिभल्भर हातबाट खुस्केर भुईमा झर्दा ठोक्किएर ट्रिगर थिचिएको र रिभल्भर पड्किएको बताएका छन् । स्थानीय प्रहरीसँग आफ्नो लाइसेन्ससहितको रिभल्भरको अभिलेख रहेको पनि गोविन्दाले जानकारी दिएका छन् ।
प्रहरी सोधपुछको क्रममा गोविन्दाका म्यानेजर शशी सिन्हाले गोविन्दासँग विगत २५ वर्षदेखि लाइसेन्स प्राप्त सो रिभल्भर रहेको बताएका छन्,‘गाविन्दाले केही समयदेखि यो ०.३२ बोरको खराब भएको रिभल्भर बदल्ने योजना बनाउनु भएको थियो । तर व्यस्तताका कारण रिभल्भर बदल्न ढिलाइ भएकोले यस्तो दुर्घटना भयो ।’
गोविन्दाकी श्रीमती सुनिता २९ सेप्टेम्बरमा खाटुश्याम बाबालाई भेट्न कोलकत्ता गएको गोविन्दा पनि मँगलबार बिहान कोलकत्ता जनालाग्दा यो घटना भएको सिन्हाले बताएका छन् ।
घटना भएको केही घण्टापछि आफुले जानकारी पाएकोे गोविन्दाकी पत्नी सुनिताले प्रहरीलाई बताएकी छिन् ।त्यसपछि आफु कोलकाताबाट सिधै मुम्बई आएको पनि उनले बताएकी छिन् । आमासँगै छोरी टीना आहुजा पनि कोलकात्तामा थिईन् । अफुहरु बिहान करिब नौबजे तिर मम्बई आएको पनि सुनिाले प्रहरीलाई बताएकी छिन् । डिसिपीका अनुसार मुम्बईको जुहु प्रहरी र अपराध शाखाले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
यता महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले गोविन्दासँग कुरा गरेर घटनाको ’bout जानकारी लिएका छन् । उनले गोविन्दाको स्वास्थ्य’bout सोधेका छन्,‘राज्य सरकारले उहाँलाई सहयोगको प्रस्ताव राखेको छ र उहाँको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । तर सहयोग लिने’bout उहाँले केही भन्नु भएको छैन ।’ शिन्देले सञ्चारकर्मीलाई बताएका छन् ।
The post गोविन्दाको खुट्टाबाट निकालियो गोली, प्रहरीद्वारा सोधपुछ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101671/