मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भनाइ
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले मध्यपूर्वको द्वन्द्वले दीर्घकालसम्म असर पार्ने जनाएको छ । गाजा, लेबनान र सुडान द्वन्द्वले छोड्ने आर्थिक असरलाई सुधारसहित लयमा फर्काउन दशैँको लाग्ने आइएमएफको विश्लेषण छ । गाजा पट्टीमा हमास र लेबनानको हिजबुल्लाहविरुद्ध इजरायलले गरिरहेको सैन्य कारबाही र सुडानको गृहयुद्धले दीर्घकालीन प्रभाव पार्ने आईएमएफले जनाएको हो । कोषले विज्ञप्तिमा सन् २०२४ का लागि मध्यपूर्व र उत्तर अफ्रिकाको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतमा झर्ने बताएको छ । यो प्रक्षेपण कोषले यस पहिले गरेको प्रक्षपणको तुलनामा शुन्य दशमलव ६ प्...
Source : https://ujyaaloonline.com/story/108380/2024/11/1/international-monetary-fund-middle-east-conflict