चर्को खडेरीले अमेजन बेसिनका ४ लाख जनाभन्दा धेरै बालबालिका भोकमरी र कुपोषणको सङ्कटमा
चर्को खडेरीका कारण अमेजन बेसिनका चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका भोकमरी र कुपोषणको सङ्कटमा परेका छन् । संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का अनुसार अमेजन बेसिनमा चार लाख २० हजार जनाभन्दा धेरै बालबालिका पानीको अभाव र खडेरीको खतरनाक स्तरबाट प्रभावित भएका छन् । ब्राजिल, कोलम्बिया र पेरुमा रेकर्ड तोड्ने खडेरीका कारण बालबालिका भोकमरी, कुपोषणबाट प्रभावित छन् भने शिक्षा र स्वास्थ्यबाट वञ्चित भएका छन् । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले अमेजनको बेसिनमा आफूहरू एउटा अत्यावश्यक पारिस्थितिकीष प्रणाली...
Source : https://ujyaaloonline.com/story/108593/2024/11/7/400000-children-in-the-amazon-basin-in-crisis