चार विजेता एकै मञ्चमा
काठमाडौं । अन्तराष्ट्रिय प्रतियोगिताको लागि आयोजना गरिँदै आएको ‘नेशनल किड्स अफ दि इयर २०२४’को छैटौं सिजन काठमाडौंमा एक समारोहबीच सम्पन्न भएको छ । बिजेताहरुले २५ हजार रुपैयाँ बराबरको अन्तराष्ट्रिय हवाई टिकट सहुलियत र विभिन्न उपहारसहित बैंककमा हुने ‘इन्टरनेशनल किड्स’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन् ।
प्रतियोगितामा सिनियर बलिकातर्फ क्यारिङ दोङ र जुनियर बालिकातर्फ प्रान्भी आचार्यले उपाधि जितेका छन् । यसैगरी सिनियर बालकतर्फ उत्सर्ग भट्टराईले र जुनियर बालकतर्फको उपाधि प्रणय मानन्धरले हाँसिल गरेका छन् ।
काठमाडौंका राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उनीहरु बिजेता बनेका हुन् । प्रतियोगितामा काठमाडौं उपत्यकाका ४५ भन्दा बढी विद्यालयका ६० प्रतियोगीले भाग लिएका थिए । यो प्रतियोगितामा सिनियर समूहमा बालकतर्फ निशान उलक र आरोग्य श्रेष्ठ क्रमशः फष्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए भने बालिकातर्फ परिसा सिटौला र इक्सिता तन्डुकार क्रमशः फष्ट र सेकेन्ड रनरअप भए । यस्तै जुनियर बालक तर्फ अविग्न डंगोल र ड्यारियन कुवँरले फस्ट रनरअप र सेकेन्ड रनरअप बने भने बालिका तर्फ साइना थापा र आयुजा चौधरीले फष्ट रनरअप र सेकेन्ड रनरअपको उपाधि हँसिल गरे ।
सोफिया महर्जन कार्की र रोजिन शाक्यले सञ्चालन गरेको सो कार्यक्रमको पर्सनल डेभलपमेन्टमा स्वस्तिका राजभण्डारी, अभिनय प्रशिक्षकमा अशान्त शर्मा थिए । इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको सो कार्यक्रममा आयोजक संस्थाकी एमडी लीजा श्रेष्ठको नृत्य प्रशिक्षण दिएकी थिईन् ।
ग्रान्ड फिनालेमा गायक धिरज राई, सन्दीप कार्की, राजेन्द्र गिरी र युग श्रेष्ठले सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई संगीतमय बनाए । आयोजक इभेन्ट बेटर ग्यालेक्सी ईन्टरटेनमेन्टका अध्यक्ष धिरज तन्डुकारले यो कार्यक्रमले बालबालिकलाई नेपाली संस्कृतिको जानकारीसहित उनीहरूको प्रतिभा निखार्न र भविष्य निर्माणमा सक्षम बनाउने यो कार्यक्रम आयोजना गर्दै आएको बताए ।
यो प्रतियोगिताको निर्णायकमा चलचित्र र सांगीतिक क्षेत्रमा व्यक्तित्वहरू थिए । निर्णायक मण्डलमा मिस वल्र्ड टुरिजम नेपालकी सजिना खनाल, अन्तराष्ट्रिय मोडल दीपक घिमिरे, कोरियोग्राफर जयनसुब्बा मानन्धर, डान्स कोरियोग्राफर महेश केसी, कस्मोलोजिष्ट परिषी कारँजित, फेशन डिजाईनर इन्ता श्रेष्ठलगायत थिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले उद्घाटन गरेको सो ग्रान्ड फिनाले समारोहमा अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौला, प्रतियोगितामा मेमोरी किङ डा.नबल पजियार, अभिनेता गजित बिष्ट, रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारँजितलगायतका विभिन्न व्यक्तिहरु सो कार्यक्रमका बिजेताहरुलाई अवार्ड प्रदान गरेका थिए ।
The post चार विजेता एकै मञ्चमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101971/