चितवनमा बस र माइक्रो बस ठोक्किँदा पाँच जनाको ज्यान गयो, तीन जना घाइते

काठमाण्डौ – चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुको परिचय खुल्न सकेको छैन । दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । माइक्रोबसमा ६ जना थिए । बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्र...

Source : https://ujyaaloonline.com/story/108600/2024/11/8/five-killed-three-injured-in-accdent-in-chitawan-