चिसो बढेसँगै सुरक्षित बास र आहाराको खोजीमा आगन्तुक चरा कैलाली–कञ्चनपुरमा
कञ्चनपुर – उत्तरी ध्रुवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहाराको खोजीमा चरा नेपाल आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) का सदस्य हिरुलाल डगौराले बताउनुभयो । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ्रे हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो । विशेषगरी रूस, क...
Source : https://ujyaaloonline.com/story/108791/2024/11/13/visitor-birds-in-kailali-kanchanpur-