चुनावी नतिजालाई सम्मान गर्न आफ्ना समर्थकलाई कमला ह्यारिसको आग्रह
अमेरिकी राष्ट्रपतिय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले आफ्ना समर्थकका लागि सम्बोधन गर्नुभएको छ । सम्बोधनका क्रममा उहाँले राष्ट्रपतिमा रिपब्लिकन पार्टीका ट्रम्पको जीत स्वीकार गर्न आग्रह गर्नुभएको छ । चुनावी नतिजापछि हिजो वाङ्गिटन डीसीको हावर्ड विश्वविद्यालयमा भएको सम्बोधनमा उहाँले आफ्नो आदर्शका लागि कहिल्यै हार नखान समर्थकलाई अपिल गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले अब शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुनुपर्ने बताउनुभयो । चुनावमा हार भए पनि आफूले उठाएका मुद्दाका लागि निरन्तर खबरदारी र सङ्घर्ष ...
Source : https://ujyaaloonline.com/story/108572/2024/11/7/kamala-harris-urges-respect-for-election-results-