जङ्गी अड्डामा राष्ट्रसंघ स्थापना दिवस (तस्बिरहरु)

काठमाडौं ।

नेपाली सेनाले आज सैनिक मुख्यालय जंगी अड्डामा विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाउँदैछ। विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९औँ वार्षिकोत्सव मनाउन लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ ।

संयुक्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो। नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। राष्ट्रसंघको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो।

नेपालले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ। राष्ट्रसंघीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ।

राष्ट्रसंघको आह्वानमा हाल विश्वका १२० राष्ट्रबाट ९७ हजार शान्ति सेना कार्यरत छन्।

Source : https://newsofnepal.com/2024/10/24/674986/