जन्मनासाथ बालबालिकाको अपाङ्गतासहित चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य
काठमाण्डौ – सरकारले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण अनिवार्य गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रसूतिसेवा उपलब्ध हुने सबै सङ्घीय अस्पतालमा अपाङ्गतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गर्नुभएको हो । जन्मनासाथ थाहा पाउन सकेमा बालबालिकालाई अपाङ्गतासहितका धेरै स्वास्थ्य समस्याबाट बचाउन सकिने भएकोले यस्तो निर्णय गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । अब प्रसूति र बाल उपचारसेवा भएका सबै अस्पतालमा जन्मिएका बालब...
Source : https://ujyaaloonline.com/story/108360/2024/10/31/testing-for-four-health-problems-mandatory-