जर्मनीका ३२ लाख वृद्धवृद्धा गरिबीको जोखिममा
जर्मनीका ३२ लाख जना वृद्धवृद्धा गरिबीको जोखिममा रहेको पाइएको छ । जर्मन समाचार एजेन्सी डीपीएका अनुसार युरो स्ट्याटको तथ्याङ्कले ६५ वर्ष र ६५ वर्षभन्दा माथिका ३२ लाख जना जर्मन गरिबीको जोखिममा रहेको देखाएको छ । सन् २०१३ मा जर्मनीमा २४ लाख जना वृद्धवृद्धा आर्थिक समस्यामा परेकामा सन् २०२३ मा ३२ लाख जना पुगेका अध्ययनले जनाएको छ । यो वर्ष पनि सङ्ख्या घटेको छैन । मध्यम वर्गका ६० प्रतिशतभन्दा धेरै नागरिकको आयआर्जन बढ्न नसकेपछि गरिबीको जोखिम बढ्दै गएको खबरमा उल्लेख छ । जर्मनीको वृद्ध जनसङ्ख्या वर्षाैंदेखि उल्लेखनीय रूपमा बढेको छ...
Source : https://ujyaaloonline.com/story/108931/2024/11/17/germany-32-million-elderly-at-risk-of-poverty