जापानको कार उत्पादक कम्पनी निसानले नौ हजार रोजगारी कटौती गर्ने

जापानी कार उत्पादक कम्पनी निसानले नौ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो वार्षिक बिक्री पूर्वानुमान घटेर गम्भीर अवस्थाको सामना गर्नुपर्ने भएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न परेको बताएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिदाले उत्तर अमेरिकी बजारमा निसानको व्यापार खस्कनु नै प्रमुख कारक भएको बताउनुभएको छ । निसानले विश्वव्यापी उत्पादन क्षमतामा २० प्रतिशतले कटौती गर्ने र विश्वव्यापी कर्मचारी नौ हजारले घटाउने कम्पनीले निकालेको विज्ञप्तिमा उल्लेख छ । उचिदाले नोभेम्बर २०२४ देखि आफ्नो मासिक पारिश्रम...

Source : https://ujyaaloonline.com/story/108598/2024/11/8/japanese-carmaker-nissan-to-cut-9000-jobs-