जेट एअरवेजलाई खारेजी प्रक्रियामा लैजान भारतको सर्वाेच्च अदालतको आदेश
भारतको सर्वाेच्च अदालतले जेट एअरवेजलाई ‘लिक्विडेशन’ अर्थात् खारेजी प्रक्रियामा लैजान आदेश दिएको छ । यो सँगै सन् २०१९ मा एक अर्ब २० करोड डलरको ऋणसहित पतन भएको एअरलाइन्सको पाँच वर्ष लामो कानूनी प्रक्रिया सकिएको छ । व्यवसाय बन्द गर्ने र दाबीकर्ताहरूलाई सम्पत्ति वितरण गर्ने प्रक्रियालाई ‘लिक्विडेशन’ भनिन्छ । एक समय देशको दोस्रो ठूलो एअरलाइन्स रहेको जेट एअरवेजले पाँच वर्षअघि नगद सकिएपछि र विमानहरू ‘ग्राउन्डेड’ भएपछि सञ्चालन रोकेको थियो । गएको वर्ष राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणले दिवालियाप...
Source : https://ujyaaloonline.com/story/108615/2024/11/8/supreme-court-orders-liquidation-of-jet-airways