ट्रम्प साहसी व्यक्ति भएको भन्दै रुसी राष्ट्रपति पुटिनद्धारा प्रशंसा
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले डोनाल्ड ट्रम्पलाई साहसी व्यक्ति भन्दै प्रशंसा गर्नुभएको छ । रुसी सहर सोचीमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प पहिलो कार्यकालमा सबैतिरबाट थिचिएको बताउनु भयो ।
पुटिनले सम्बोधनमा जुलाईमा ट्रम्पमाथि भएको आक्रमण प्रयासको चर्चा गर्दै त्यो अबस्थाबाट माथि उठेर ट्रम्पले आफनो अभियानलाई विजयमा परिणत गरेकाले साहसी ब्यक्ति आफुले भनेको बताउनु भयो ।
ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा एकै दिनमा युद्ध अन्त्य गर्न सक्ने बताउनु भएको पुटिनले स्मरण गराउदै त्यसलाई प्राथमिकतामा राख्न आग्रह समेत गर्नुभयो । तर ट्रम्पले रुस युक्रेन यूद्ध कसरी अन्त्य ह्ुन्छ भन्ने कुरा खुलाउनु भएको थिएन ।
ट्रम्पसँग वार्ता गर्न तयार रहेको पुटिनले बताउनु भयो । ट्रम्पले पनि पुटिनसंग बार्ता हुनसक्ने बताउनु भएको थियो ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पको हिलारी क्लिन्टनविरुद्धको अभियानलाई समर्थन गर्न क्रेमलिनले हस्तक्षेप गरेको आरोप लागेको थियो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग निकै आत्मीय र उत्पादक संवाद भएको बताउनु भएको छ ।
ट्रम्पले जनवरीमा सत्ता सम्हालेपछि अमेरिकाबाट युक्रेनलाई हुने सैन्य सहयोग रोक्न सक्नेमा धेरै युक्रेन र युरोपेली नेताहरू चिन्तित छन् ।
Source : https://www.khasokhas.com/211397