डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन
The post डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन appeared first on Samudrapari.
समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनसँग सम्बन्धित विद्युत प्राधिकरणको बिलिङ प्रक्रिया अध्ययन गर्न विज्ञहरूको कार्यदल गठन गरेको छ। यस कार्यदलको संयोजकत्व राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. अरविन्द मिश्रले गर्नेछन्। अन्य दुई सदस्यमा प्राधिकरणका पूर्वप्रमुख श्रीराम राज पाण्डे र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले रहेका छन्।
कार्यदलले विशेष गरी प्राधिकरणले काटेका बिलहरू टाइम्स अफ डे (टिओडी) मिटरअनुसार सटीक छन् कि छैनन् भन्ने अध्ययन गर्नेछ। साथै, लाल आयोगको प्रतिवेदन र प्राधिकरणको बिलिङ प्रक्रिया बीचको मिलान पनि गर्नेछ। आवश्यकता परे, कार्यदलले त्रुटि सच्याउन सिफारिस गर्ने अधिकार पाएको छ।
यसअघि, मन्त्रिपरिषद्ले कात्तिक २५ गतेको बैठकमा टिओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो। तर, उद्योगहरूले प्राधिकरणले पुरानो विवरणको आधारमा बिल पठाएको भन्दै असन्तुष्टि जनाए।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बिल टिओडी मिटरकै आधारमा काटिएको दाबी गरे पनि उद्योगहरूले यसको स्पष्ट विवरण नपाएको गुनासो गरेका छन्। लाल आयोगको प्रतिवेदनले भने २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधि हेरी छुट महसुलको नयाँ हिसाब गर्न सिफारिस गरेको थियो। दुवै पक्षबीच विवाद बढेपछि ऊर्जा मन्त्रालयले स्थिति समाधान गर्न अध्ययनका लागि विज्ञ टोली गठन गरेको हो।
The post डेडिकेटेड ट्रंकलाइन विवाद: टिओडी मिटरको बिल अध्ययनका लागि ३ सदस्यीय कार्यदल गठन appeared first on Samudrapari.
Source : https://samudrapari.com/2024/11/496033/
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.