तराई मधेशका ८ जिल्लाका १० वटा ठाउँकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि !

काठमाण्डाै – तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात् (हिट वेभ) बढेको छ । आज तराई मधेशका आठ वटा जिल्लाका १० ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सिरहाको भगवानपुर, रुपन्देहीको तिलोत्तमा, लुम्बिनी, भैरहवा, कपिलवस्तुको तौलिहवा, पर्साको वीरगञ्ज, रौतहटको गौर, धनुषाको जनकपुर, सर्लाहीको मनुसमारा र नवलपरासी सुस्ता पश्चिमको सेमारीमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । सबैभन्दा धेरै वीरगञ्जमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ । अरू धेर...

Source : https://ujyaaloonline.com/samachar/101185/2024/4/28/temperature-of-8-districts-is-above-40