तराई मधेशमा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्री सेल्सियस वा त्यसकै हाराहारीमा पुगेको छ ।

तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातकाे समयमा पनि अत्यधिक गर्मी रहेको स्थानीयवासीले बताएका छन् । तातो हावा चलेका कारण दिउँसो घरबाहिर निस्कनै मुस्किल परेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले तराईमा तातो हावा चलेकाले बच्न सबैलाई आग्रह गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गरे ।

The post तराई मधेशमा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह first appeared on Outline News Service.

Source : https://www.onsnews.com/hot-6/?utm_source=rss&utm_medium=rss&utm_campaign=hot-6