तातोपानी जाने सडक लार्चामा ह्युमपाइप राखेर सडक खुलाइयो
रसुवा । अविरल वर्षासँगै आएको बाढीपहिराले अवरुद्ध भएको अरनिको राजमार्गको तातोपानी नाका ह्युमपाइपले जोडिएको छ ।भोटेकोशी नदीमा जलसतह घटेसँगै ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको सांसद मोहन बहादुर बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार ह्युमपाइप राखिएसँगै तातोपानीमा रोकिएका सयौँ साना सवारीसाधन पास गराइएको छ । लार्चामा ह्युमपाइप राखेर सडक सामान्य अवस्थामा सञ्चालन गरे पनि कोदारीको पहिरो तथा लिपिङ खोलाको पुल राख्न अझै बाँकी रहेको छ ।
लार्चामा राखिएको ह्युमपाइप निकै गहिरो स्थानमा राखिएकाले ठूला सवारीहरू आवतजावत गराउन कठिनाइ भएको बताइएको छ ।
भोटेकोशी बाढीले बगाएको लार्चा पुल भएको स्थानमा मानव आवतजावतका लागि तुइनसमेत राखिएको छ । भोटेकोशी गाउँपालिका–२ लार्चामा रहेको बेलीब्रिज बगाएपछि सीमाक्षेत्र लिपिङका स्थानीय सडक सम्पर्कविहीन भएका थिए ।
तातोपानी नाका अवरुद्ध हुँदा दसैँका लागि चीनबाट फलफूल र लत्ताकपडा बोकेर आएका करिब नौ सयभन्दा बढी कन्टेनरका सामान चीन र नेपालको भू–भागमा अलपत्र परेका छन् ।
The post तातोपानी जाने सडक लार्चामा ह्युमपाइप राखेर सडक खुलाइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/101925/