तिहार बिदाअघि शेयर बजार १४ अङ्कले घट्यो, कारोबार रकममा पनि कमी

काठमाण्डाै – हिजो उच्च अङ्कले बढेको शेयर बजार आज घटेको छ । तिहार बिदाअघि शेयर बजार परिसूचक नेप्से १४ दशमलव ४३ अङ्कले घटेर दुई हजार ६ सय ७७ दशमलव ६२ विन्दुमा झरेको छ । आज होटल, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज जानकी फाइनान्स र लाइफ इन्सुरेन्स कर्पाेरेशन नेपाल कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन गुराँस लघुवित्त, मिड सोलु हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले ...

Source : https://ujyaaloonline.com/story/108334/2024/10/30/nepse-fell-by-14-points-before-tihar-holiday