स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन छैन, ज्यान जानेको सङ्ख्या निकै धेरै हुन सक्ने बीबीसीले जनाएको छ । १२ सयभन्दा बढी कामदार ड्रोनको प्रयोगगरी उद्धार अभियानमा खटिरहेका छन् । प्रभावित समुदायहरूको अवलोकन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले पीडितहरूलाई अहिले सबैभन्...

Source : https://ujyaaloonline.com/story/108374/2024/11/1/death-toll-floods-in-spain-has-reached-158