तिहारमा काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्री गर्न नपाइने

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

महानगरले प्लास्टिकका फूल गुच्छा र मालाको बिक्री, वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको हो। महानगरले जारी गरेको सूचनामा एकल प्रयोग हुने प्लास्टिक, प्लास्टिकका गुच्छा र माला, तथा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोलाको बिक्री, वितरण, भण्डारण, र प्रयोगमा पूर्ण निषेध गरिएको उल्लेख छ।

नयाँ नीतिअनुसार, प्लास्टिकका फूल गुच्छा, माला र पातला प्लास्टिकका झोलाको उत्पादन, बिक्री वितरण, भण्डारण र ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकका झोलाको सट्टामा कागज वा कपडाका झोला प्रयोग गर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको महानगरले जनाएको छ ।

महानगरले अनुगमन टोली परिचालन गर्दै, प्रतिबन्धको उल्लङ्घन गरेमा वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ अन्तर्गत कारबाही गरिने चेतावनी पनि दिएको छ।

 

 

The post तिहारमा काठमाडौँमा प्लास्टिकका फूलमाला बिक्री गर्न नपाइने appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493868/