त्रिभुवन विमानस्थलबाट उडान घट्ने भएपछि भाडामा मनपरी, वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने भएसँगै सबैजसो अन्तर्राष्ट्रिय गन्तव्यहरूको हवाई भाडा अत्यधिक महँगो भएको छ । केही गन्तव्यको भाडा तीन गुणासम्म महँगो भएको यात्रुहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म काठमाण्डाैबाट साउदी अरेबियाका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ रहेको भाडा अहिले एक लाख ६ हजार रुपैयाँभन्दा धेरै छ । यसअघि बढीमा ४० हजार रुपैयाँ पर्ने काठमाण्डौ–मलेसियाको न्यूनतम टिकट मूल्य अहिले ७४ हजारदेखि एक लाख ८२ हजार रुपैयाँसम्म छ । ३० देखि ४० हजार रुपैया...

Source : https://ujyaaloonline.com/story/108619/2024/11/8/airfare-of-international-destinations-is-expensive