दशकपछि निर्देशकमा तुलसी घिमिरे, विपिन नायकसँगै गायक

काठमाडौं । तुलसी घिमिरेले चलचित्र निर्देशक नगरेको दशक नाघिसकेको छ । अब भने यी निर्देशक नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘पहाड’ निर्माणको घोषणा गरेका छन् । यो चलचित्रको तिहारलगत्तैबाट छायाँकन सुरु हुने भएको छ । यही चलचित्रको लागि उनी अहिले गीत रेकर्डिङको क्रममा छन् ।

यो चलचित्रमा नायकको रुपमा अनुबन्धित भएका अभिनेता विपिन कार्कीको पहाडको एउटा गीत रेकर्ड गरिएको छ । निर्देशक तुलसी घिमिरेले पहाडको एउटा ¥याप गीत अभिनेता विपिनको स्वरमा रेकर्ड गरेका छन् । विपिनको स्वरमा रेकर्ड भएको यो गीतले विपिनको चलचित्र भित्रको चरित्रलाई अझ सार्थक बनाउने विश्वास घिमिरेले व्यक्त गरेका छन् ।

काठमाण्डौँको महाराजगञ्जमा रहेको भेनस रेकर्डिङ स्टूडियोमा यो चलचित्रको गीत रेकर्ड गरेपछि विपिनले आफ्नो लागि जीवनको यो अर्को नौलो अनुभव भएको बताएका छन्,‘मैले पहिले छड्के चलचित्रमा पनि गीत गाएको थिए तर बर्षौ पछि फेरी गीत गाउँदा अझै मज्जा आयो । हिन्दी र नेपाली शब्द मिसाईएको गीतको लिरिक्स सुन्दा कठिन होला कि जस्तो लागेको थियो तर गाउँदै जाँदा सजिलै गाएँ।’गीत रेकर्डिङ भईसकेपछि विपिनले प्रतिक्रिया दिएका छन ।

चलचित्रको यो गीतमा अग्रज संगीतकार रंञ्जित गजमेरको संगीत रहेको छ । गीतलाई निर्देशक घिमिरेले लेखेका हुन । घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ । फिल्ममा जम्म चार वटा गीत रहने छ ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने चलचित्र पहाडमा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापालगायत विभिन्न कलाकारको अभिनय रहने छ । यो चलचित्रको ५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यसको बाँकी ५० प्रतिशत छायाँकन मुम्बईमा हुने पनि घिमिरेले बताए ।

The post दशकपछि निर्देशकमा तुलसी घिमिरे, विपिन नायकसँगै गायक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102040/