दशैं मनाउन गाउँघर पुगेका फर्किन थाले : आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाईंदै
काठमाण्डौ – दशैँका लागि गाउँघर पुगेका फर्किनेक्रम शुरु भएको छ । आजदेखि दशैँको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाण्डौसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप हुन थालेको छ । तर यसपालि सडकको अवस्थाका कारण यात्रा निकै कष्टकर रहेको यात्रुको गुनासो छ । गएको असोज १०, ११ र १२ गतेको बाढी÷पहिरोले सबैजसो राजमार्ग र सडकखण्ड प्रभावित भएकोमा आवश्यक मर्मत गरी सञ्चालनमा आएका छन् । तर यी सडकको अवस्था जोखिमपूर्ण रहेकाले या...
Source : https://ujyaaloonline.com/story/107752/2024/10/14/he-returned-to-his-village-to-celebrate-dashain