दाङको घोराहीबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

दाङ– दाङमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ घर भई हाल दाङको घोराही उपमहागनरपालिका वडा नम्बर १४ नयाँ बसपार्कमा ‘न्यू थवाङ्गी लाली गुराँस खाजा घर’ २३ वर्षीय किशोर सुनार पक्राउ परेका हुन।

यस्तै रोल्पा घर भएका र हाल दाङको घोराही वडा नम्बर १४ बसापार्क क्षेत्रमा ‘न्यू कोसेली खाजा घर’ सञ्चालन गर्दै आएकी ४७ वर्षीया मीना घर्ती मगर पनि पक्राउ परेकी छन्।

घोराही वडा नम्बर १० जलौराका २० वर्षीय आकाश बुढा पनि ब्राउन सुगरसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार शुद्ध तौल गर्दा सुनारको साथवाट १८० मिली ग्राम, मगरको साथवाट ३ ग्राम ८५० मिली ग्राम र बुढाको साथबाट ४१० मिली ग्राम ब्राउन सुगर बरामद भएको हो। सुनार र मगरलाई बुधबार र बुढालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

Source : https://onlinetvnepal.com/2024/10/184584/