हङकङ सिक्सेसमा युएईसँग १ रनले हार्‍यो भारत

काठमाडौं ।

हङकङ सिक्सेसमा सयुंक्त अरब इमिरेट्स (युएई) ले भारतलाई पराजित गरेको छ। शनिबार बिहान सकिएको खेलमा युएईले भारतलाई १ रनले पराजित गरेको हो।

युएईले दिएको १३१ रनको लक्ष्य पछ्याएको भारतले ६ ओभरमा ४ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो । भारका लागि स्टुअर्ट बिन्नीले सर्वाधिक ४४ रन जोडे । कप्तान रोबिन उथप्पा ४३ रन बनाएर आउट भए। भरत चिपलीले २० रनको योगदान गरे।

युएईका लागि अकिफ राजा, संचित शर्मा र मुहम्मद जुहैबले समान एक/एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले ६ ओभरको खेलमा ५ विकेट गुमाउँदै १३० रन बनाएको थियो। उसका लागि खालिद शाहले ४२ रन बनाए। यस्तै जाहुर खानले नटआउट ३७ रन बनाउँदा मुहम्मद जुहैबले १७ रन जोडे।

भारतका स्टुअर्ट बिन्नीले ३ शाहबाज नदीम र भरत चिपलीले १/१ विकेट लिए।

Source : https://newsofnepal.com/2024/11/02/676423/