दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति 

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बुधबार जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । 

प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।

प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । त्यस्तै, प्रहरीले उनकै निवासबाट २५ जनालाई पनि नियन्त्रणमा लिएको थियो । तर, १५ जनालाई भने गए राति नै छोडिएको प्रहरीले बताएको छ । 

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा ३२ अर्ब लगानी रहेको प्रमाण भन्दै कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । तर, सीआईबीले प्रसाईंले देखाएका कागजात किर्ते भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । प्रसाईंमाथि साइबर ब्युरोले थप अनुसन्धान गरिरहेको छ ।

Source : https://arthasarokar.com/2024/11/court-permission-to-detain-durga-prasai-for-5-days.html



Related Posts