नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई गृहमन्त्रीकाे निर्देशन

कैलाली – गृहमन्त्री रमेश लेखकले नवीन सोचका साथ कार्यसम्पादन गर्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । धनगढीमा भइरहेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले सिमानाको रक्षा, आपराधिक गतिविधिको नियन्त्रण, विपद् व्यवस्थापन र सामाजिक सद्भाव कायम राख्न हरदम प्रहरी सक्रिय रहनुपर्नेमा जोड दिनुभयो । नागरिकले आफ्ना अधिकारलाई प्रयोग गर्न पाउने स्थितिलाई सुनिश्चित गर्नुपर्ने भन्दै उहाँले अमनचयन, विधिको शासन, शान्ति सुरक्षा र अनुशासन कायम गर्न जरुरी रहेको बताउनुभयो । नेपाल प्रहरी ...

Source : https://ujyaaloonline.com/story/109020/2024/11/19/instruction-to-perform-with-innovative-thinking