नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी

इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत ल्याएका छन् ।

यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ५ हजार ५० मत आएको छ ।

लारुम्बामा सबैभन्दा बढी मत मुढाको
किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् । प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो । थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।

थेगिमले यस वडामा १ हजार ३२ मत ल्याए । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले यस वडामा ३ मत ल्याएका छन् । २ हजार ७ मतदाता रहेको यस वडामा १ हजार १ सय ९२ मत खसेको थियो । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो ।

The post नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95317/