नेपाल आइपुग्यो वेस्ट इन्डिज ए

काठमाडौं । टी–२० आई सिरिज खेल्न वेस्ट इन्डिजको ए टोली नेपाल आइपुगेको छ। वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो।

वेस्ट इन्डिजको टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरेका थिए। नेपालसँगको खेलका लागि वेस्ट इन्डिजले बलियो टोली बनाएको छ। वेस्ट इन्डिज टोलीको कप्तानी दुई पटकको ट–२० विश्वकप विजेता रोस्टन चेसले गर्नेछन्।

वेस्ट इन्डिजको टोलीमा सन् २०१६ को विश्वकप विजेता टोलीका जोनसन चार्ल्स र आन्द्र फ्लेचर छन्। आगामी जुनमा हुने टी–२० विश्वकप अघि नेपाली टोलीले शनिबारदेखि वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्दैछ।

वेस्ट इन्डिज ए टोली
रोस्टन चेस (कप्तान), एलिक एथानाजे –उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चाल्र्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स

The post नेपाल आइपुग्यो वेस्ट इन्डिज ए first appeared on Outline News Service.

Source : https://www.onsnews.com/nepal-144/?utm_source=rss&utm_medium=rss&utm_campaign=nepal-144