नेपालमा अवैध रुपमा बस्दै आएका १५ बंगलादेशी पक्राउ

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रहरीले १५ जना बंगलादेशी नागरिकलाई अवैध रूपमा बसोबास गरिरहेको आरोपमा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठमेल र सोह्रखुट्टे क्षेत्रमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको भिसा अवधि समाप्त भएको थियो र उनीहरू शंकास्पद गतिविधिमा संलग्न थिए। पक्राउ परेका बंगलादेशी नागरिकहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन्।

The post नेपालमा अवैध रुपमा बस्दै आएका १५ बंगलादेशी पक्राउ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/491938/