नेपाली सेनालाई बेलायतमा स्वर्ण पदक

काठमाडौं ।

मित्रराष्ट्र संयुक्त अधिराज्यको वेल्स, ब्रेकनमा असोज २३ गतेबाट २५ गतेसम्म सञ्चालन भएको एक्सरसाइज क्याम्ब्रियन गस्ती २०२४ मा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको छ ।

उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका १२१ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागिता रहेका थिए।

सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।

दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको लडाइको तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।

यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७ /२०१९ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । पुरस्कार वितरण कार्यक्रममा उपरथी दिपक कुमार बानिया अतिथिको रुपमा सहभागी थिए ।

Source : https://newsofnepal.com/2024/10/12/673179/