नेप्सेमा भारी गिरावट, २७ सय बिन्दुमुनि झर्यो
समाचार सुन्नुहोस :
The post नेप्सेमा भारी गिरावट, २७ सय बिन्दुमुनि झर्यो appeared first on Samudrapari.
काठमाडौँ – मंगलबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। कारोबारको तेस्रो दिन नेप्से परिसूचक ५४.९४ अंकले घटेर २,६९८.८२ अंकमा झरेको छ। बजार खुलेदेखि नै घट्न थालेको परिसूचक दिनभर नकारात्मक रह्यो।
आज सेन्सेटिभ इन्डेक्स ८.४० अंक, फ्लट इन्डेक्स ३.७८ अंक, र सेन्सेटिभ फ्लट इन्डेक्स २.८८ अंकले गिरावट आएको छ। १३ वटै उपसमूहका सेयरहरू ओरालो लागेका छन्। यसदिन न्यादी ग्रुपपावरका लगानीकर्ताले ८.९३ प्रतिशत, समृद्धि फाइनान्सले ८.५५ प्रतिशत, र जानकी फाइनान्सले ८.२० प्रतिशतसम्म गुमाएका छन्।
तर, आत्मनिर्भर लघुवित्तका सेयरमा भने सकारात्मक सर्किट लागेको छ।
कारोबार रकम पनि घटेको छ। आइतबार ११ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बराबरका २ करोड २५ लाख ८८ हजार कित्ता सेयर मात्रै किनबेच भएका छन्।
The post नेप्सेमा भारी गिरावट, २७ सय बिन्दुमुनि झर्यो appeared first on Samudrapari.
Source : https://samudrapari.com/2024/11/496163/
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.