पदमा नभएपनि जनताका दुख बुझ्न जनताको घर-घरमा पुग्दै पूर्व नगर प्रमुख ढकाल
बिराटनगर । मोरङ सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिव प्रसाद ढकालको निवासमै नबिल बैंक छ। बैंकमा सामाजिक सुरक्षा भत्ता लिन आएका आमाबुवाहरुलाई पूर्व नगर प्रमुख ढकालले आफ्नै खर्चमा चिया, बिस्कुट, पानी वितरण गर्दै आएका छन्।
हरेक तीन -तीन दिईने सामाजिक सुरक्षा भत्ता लिन बिहानै १० बजे आएर पर्खनु पर्ने हुँदा उनीहरुका लागि ढकालले बस्ने कुर्शी, म्याट समेत ब्यबस्था गरिदिने गरेको स्थानीय ब्यबसायी रुद्र प्रसाद पोख्रेलले बताए।
त्यहाँ भत्ता लिन आउने सेवाग्राहीले समेत बैंकमा कुनै पनि समस्यामा झन्झटिलो नभएको र सधैं चिया बिस्कुट खान पाइने बताउछन्। अर्को तर्फ बैंकका एक जना कर्मचारीले समेत बैंकमुनिको तल्लो तल्लामा आएर सामाजिक सुरक्षा भत्ता लिन आउने बृद्ध आमाबुवालाई सहजीकरण गरिदिने गरेको उनीहरुले बताएका छन्।
पूर्व नगर प्रमुख ढकाल नभएको बेला पनि परिवारका सदस्यले बैंकमा आउने बृद्ध आमा बुवाहरुलाई कुनै दु:ख नहोस भन्नका लागि पानी, चिया, बिस्कुट वितरण र घाम र पानीबाट बच्न बस्नका ब्यबस्था गर्दै आएको भत्ता लिन पुगेकी एक बृद्ध आमाले बताइन।
पदमा होस या नहोस ढकालले जनताको दुख र सुखमा सधैँ साथ दिदैं आएका छन। कुनै पनि समस्या पर्दा आमनागरीक उनको निवासमा गुनासो समेत राख्न पुग्छन भने पदमा हुँदा होस् या नहोस जनताका पिर मर्का बुझ्न आफै समेत घर-घरमा पुग्ने गरेका छन्।
अहिलेका नगर प्रमुख केदार गुरागाईले जनताको जनभावना अनुसार काम गर्न नसकेकाले अधिकाम्स जनता रुष्ट रहेका छन्। पूर्व नगर प्रमुख ढकालको समयमा भएका विकास निर्माणका कामलाई समेत निरन्तरता दिन नसकेको नगरबासीहरुले बताउने गरेका छन्।
जनताको नजिकको सरकार भने नगरपालिका नै भएको भएपनि नगर प्रमुखले सोचे अनुसारको काम गर्न नसक्दा जनताको आशा र भरोसा गुम्दै गएको पाईएको छ। उनी जनताको काम भन्दा सभा सम्मेलन र उद्घाटन गर्नमै व्यस्था देखिन्छन्।
The post पदमा नभएपनि जनताका दुख बुझ्न जनताको घर-घरमा पुग्दै पूर्व नगर प्रमुख ढकाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102747/