पहिलो चरणको चिकित्सा सहायता सामग्री बोकेर राष्ट्र सङ्घको विमान लेबनान पुग्यो
चिकित्सा सहायता बोकेको संयुक्त राष्ट्र सङ्घको विमान लेबनान पुगेको छ । इजरायल र हिजबुल्लाहबीचको बढ्दो तनावपछि राष्ट्रसङ्घबाट प्राप्त भएको यो पहिलो सहायता रहेको संयुक्त राष्ट्र सङ्घ र लेबनानले जनाएका छन् । विश्व स्वास्थ्य सङ्गठनका क्षेत्रीय निर्देशक हनान बाल्खीले सामाजिक सञ्जालमा दशौँ हजार मानिसको उपचार गर्न पर्याप्त ३० मेट्रिक चिकित्सा सहायता सामग्री लिएर एउटा विमान बेरुत अवतरण गरेको र थप सहायता सामग्री आउनेक्रममा रहेको जानकारी दिनुभएको छ । सेप्टेम्बर २३ तारिखदेखि हिजबुल्लाह लडाकुलाई लक्षित गरी भएको इजरायली आक्रमणबाट लेबनानमा ...
Source : https://ujyaaloonline.com/story/107459/2024/10/5/un-plane-carrying-medical-aid-arrived-in-lebanon-