पाँचथरमा बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुग्यो

पाँचथर । जिल्लामा बर्षासँगै आएको बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ । अझै ३ जना बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बेनिलाल शाहले बताए ।

बिहीबार २ जनाको शव भेटिएसँगै बाढी–पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ८ पुगेको सूचना अधिकारी शाहले बताए । बिहीबार बिहान ४९ बर्षीया थुममाया योङया र कमला भनिने निर्मला राईको शव तमोर नदीमा भेटिएको हो ।

जिल्लामा यसअघि बाढी–पहिरोमा परेर २४ बर्षीया सपना शेर्मा, ६ बर्षीया डोल्मा शेर्पा, ५१ बर्षीय गोपी विश्वकर्मा, ८२ बर्षीया पास्तेम्बा शेर्पा, ३८ बर्षीया रञ्जना राई, ४ बर्षीया प्रिन्सा राई र ७२ बर्षीय नरेन्द्र चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अझै फिदिम नगरपालिका–१ का ५० बर्षीय कृष्ण दास, २१ बर्षीय सरस्वता लिम्बू र फालेलुङ–५ की ४० बर्षीया कमला राई बेपत्ता रहेका छन् ।

The post पाँचथरमा बाढी–पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101725/