पाकिस्तानलाई १३ रनले हराउँदै टी–२० शृङ्खला अस्ट्रेलियाले जित्यो

काठमाण्डौ – पाकिस्तानसँगको दोश्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलिया १३ रनले विजयी भएको छ । योसँगै अस्ट्रेलियाले तीन खेलको शृङ्खला २–० ले जितेको छ । अस्ट्रेलियाले दिएको एक सय ४८ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर चार बलमा एक सय ३४ रनमा अलआउट भयो । पाकिस्तानका उसमान खानले सर्वाधिक ५२ रन बनाए । यस्तै इरफान खानले अविजित ३७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अस्ट्रेलियाका स्पेन्सर जोनसनले पाँच विकेट लिए । यस्तै एडम जम्पाले दुई विकेट लिए । यसअघि घरेलु मैदान सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरे...

Source : https://ujyaaloonline.com/story/108910/2024/11/16/australia-won-t20-series-with-pakistan



Related Posts