प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठन सुदृढीकरण गर्न विद्यमान कानूनी व्यवस्थालाई प्रतिस्थापन गरी नयाँ ऐनको मस्यौदा तर्जुमा गरी आवश्यक प्रकृया अगाडी बढाएको बताएका छन्। ६९औं प्रहरी दिवसका अवसरमा आज आयोजित समारोहमा गृहमन्त्री लेखकले उक्त विधेयकले कानूनी मान्यता प्राप्त गरेपश्चात नेपाल प्रहरीको वृहत्तर हित, प्रहरी कर्मचारीको वृत्ति विकास र संगठनको जिम्मेवारी तथा कर्तव्यका नयाँ आयामहरू […]