प्रिमियर लिगमा लिभरपुल, चेल्सी र एस्टनभिला विजयी, युनाइटेड र क्रिस्टल प्यालेसको गोलरहित बराबरी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यालाई समान ३–० गोलले हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे । जीतसँगै लिभरपुल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो तथा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । त्यस्तै हि...

Source : https://ujyaaloonline.com/story/106882/2024/9/22/premier-league-winners-liverpool-chelsea-asto