इङ्ल्यान्डसँगको एकदिवसीय शृङ्खलामा अस्ट्रेलियाको लगातार दोश्रो जीत

काठमाण्डौ – इङ्ल्यान्डसँगको दोश्रो एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया ६८ रनले विजयी भएको छ । जीतसँगै पाँच खेलको शृङ्खलामा अस्ट्रेलियाले २–० को अग्रता बनाएको छ । लिड्समा गएराति भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले इङ्ल्यान्डलाई दुई सय ७१ रनको लक्ष्य दिएको थियो । तर इङ्ल्यान्ड ४० ओभर २ बलमा दुई सय दुई रनमा अलआउट भयो । उसका जेमी स्मिथले सर्वाधिक ४९ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन तथा ग्लेन म्याक्सवेल, आरोन हार्डी र जोस हेजलवुडले समान दुई विकेट लिए । त्यसअघि अस्ट्रेलिया ४४ ओभर चार बलमा दुई ...

Source : https://ujyaaloonline.com/story/106886/2024/9/22/australia-second-successive-win-in-england-odi