प्रेम टुटे पनि सौगात र सृष्टि चलचित्रमा सँगै

काठमाडौं । गत चैत अन्तिममा रिलिज भएको नेपाली चलचित्र ‘द रेड सुटकेश’मा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा थिए । यो चलचित्रको रिलिजको समयमा आयोजना गरिएको पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रममा यी दुईसँगै सहभागी भएनन् ।

करिब पाँच वर्ष प्रेम सम्बन्धमा रहेर यी दुईको गत वर्षमात्र प्रेम सम्बन्ध टुटेको हो । प्रेम सम्बन्धमा रहँदासँगै अभिनय गरेको यो चलचित्रको रिलिजमा प्रेम वियोगकै कारण यी दुईलाई सँगै भेटिएन । रिलिजको समयमा सौगातले द रेड सुटकेश टिमलाई समय दिए पनि सृष्टी भने कार्यक्रममा सहभागी भईनन् ।

यसरी गत समय पानी बारबारको अबस्थामा पुगेका सौगात र सृष्टी चलचित्रमा भनेसँगै जोडिएका छन् । यी जोडीले चलचित्रमा भनेसँगै काम गर्ने सम्झौता गरेका छन् । सौगातको भनाईमा प्रेम सम्बन्ध टुटेपनि उनीहरु एक अर्काबीच साथीको सम्बन्धमा छन् । यही सम्बन्धका कारण चलचित्र पनि सँगै काम गर्ने सौगातले बताउँदै आएका छन् ।

यसै क्रममा सौगात मल्ल र सृष्टी प्रेम सम्बन्धि टुटेपछि पनि फेरी अर्को चलचित्रमा अनुबन्धित भएका छन् । यी दुबै नयाँ चलचित्र ‘बिनोद’का लागि बिहिबार अनुबन्धित भएका हुन् । यो चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्दैछन् । चौहानले आफ्नो चलचित्रमा सँगै काम गर्नका लागि सौगात र सृष्टी नायक नायिकाको रुपमा अनुबन्धित भएको बताएका छन् । हालै नयाँ चलचित्र भाइरल गोर्खेमा यी जोडीले सँगै कामगरिसकेका कारण पनि चलचित्र बिनोदमा आफुले यी दुईलाई अनुबन्धित गरेको बताएका छन् ।

सृष्टी र सौगातलाई समेटेर चलचित्र बिनोदको पोष्टरसमेत यतिबेला सार्वजनिक गरिएको छ । यो चलचित्रमा प्रवीण खतिवडा, दिव्य देव, प्रकाश घिमिरेलगायतका कलाकार पनि अनुबन्धित भईसकेका छन् । चलचित्रको छायाँकन दशैंपछिबाट सुरु गर्ने निर्देशकको कथन छ ।

अभिनेता सौगात र अभिनेत्री सृष्टीले हालैमात्र चलचित्र भाईरल गोर्खेमा अभिनय सम्पन्न गरिसकेका छन् । प्रेमसम्बन्ध टुटेपछि अलग भएका यी जोडीलाई सोही चलचित्रको छायाँकनले साथीको रुपमा नजिक बनाएको हो । अब चलचित्र विनोदमा काम गर्दा उनीहरु फेरी नजिक हुने देखिन्छ ।

The post प्रेम टुटे पनि सौगात र सृष्टि चलचित्रमा सँगै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101109/