प्लाष्टिकजन्य फूल काठमाण्डौ महानगरको प्रहरी बलबाट जफत
काठमाण्डौ – काठमाण्डौ महानगरको प्रहरी बलले सजावटका लागि प्रयोग गरिएका प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्रीको विक्री, प्रयोग र भण्डारणको अनुगमनलाई तिब्र बनाएको छ । प्लाष्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा महानगरले रोक लगाइएको छ । नयाँ सडक, विशालबजार, पाको, खिचापोखरीसहितका क्षेत्रमा गरिएको अनुगमनका क्रममा ८० वटा ढोका र सटमा प्लाष्टिकका माला र सजावट पाइएकोले नगर प्रहरीले निकालेका छन् । क्षेत्रपाटी, नयाँबजारलगायत ठाउँका सात वटा पसल सटर, लाजिम्पाट, रानीबारी, बाँसबारी सुकेधारासहितका क्षेत्रबाट २० वटा पसल ...
Source : https://ujyaaloonline.com/story/108410/2024/11/2/plastic-flowers-seized-police-force-ktmmetropolice