फुटबल उपाधी संखुवासभाको पञ्चकन्यालाई

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधी संखुवासभाको पञ्चकन्या युथ क्लवले जितेको छ ।

खाँदबारी–३ मानेभञ्याङ स्थित महेन्द्र माविको खेलमैदानमा आज भएको फुटबल प्रतियोगिताको फाइनल खेलमा पञ्चकन्या युथ क्लवले धनकुटाको चुलाचुली युवा क्लवलाई १–२ गोल पराजित गर्दै नवौँ अरुण भ्याल्ली फुटबल प्रतियोगिातको उपाधी पञ्चकन्याले जितेको हो । पहिलो हाफसम्म ०–१ गोल अन्तरमा खेलेको पञ्चकन्याले दोश्रो हाफ पछि पञ्चकन्याले लगातार दुई गोल गर्दै नवौँ अरुण भ्याल्ली फुटबल प्रतियोगिताको उपाधी चुमेको हो ।

चुलाचुली युवा क्लव धनकुटाले १ गोल सहित उपविजेतामा चित्त बुझाएको छ । फुटबल प्रतियोगिताको समापन कार्यक्रममा बोल्नु हुदैँ कोशी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजेन्द्र कार्कीले यस्ता प्रतियोगिताले संखुवासभा जिल्लालाई मात्र नभइ सिंगो कोशीको खेल क्षेत्रमा सहयोग पुग्नु बताए । प्रतियोगिताले फुटबल खेल र खेलाडीको विकास गर्ने सहयोग पुग्ने कार्कीले बताए ।

प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिम सहित विभिन्न जिल्लाका १२ क्लवको सहभागिता रहेको थियो । विजयी टिमलाई नगद रु दुई लाख, कप मेडले सम्मान गरिएको एडभान्स क्लबका महासचिव बेदराज घिमिरेले बताए । भने उपविजेतालाई नगद रु एक लाख सहित कप मेडलले सम्मान गरिएको छ ।

त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २५-२५ हजार रुपैयाँ प्रदान गरिएको आयोजक एड्भान्स क्लवले जनाएको छ । उत्कृट गोल रक्षक चुलाचुली युवा क्लव धनकुटाका निकेश सुन्दास, सर्वोत्कृट खेलाडी पञ्चकन्याका जिवन मगर, सर्वाधिक गोल कता पञ्चकन्याका ज्ञानेन्द्र भण्डारी र सभापोखरी फुटबल क्लवका जोन जोरीले पाएका छन् ।

एड्भान्स क्लव मानेभञ्याङको आयोजनामा सामाजिक सद्भावका लागि युवा एकता–विकृति,विसंगतिका विरुद्ध खेलकुद द्धारा सहकार्यको प्रतिवद्धता भन्ने मूल नाराका साथ नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता कात्तिक ७ गते देखि सुरु भएको थियो ।

प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।

The post फुटबल उपाधी संखुवासभाको पञ्चकन्यालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102911/